ad ad

समाज


सर्लाहीमा २१ वर्षीया कान्छी पत्नीसँग मिलेर ३५ वर्षीया जेठी श्रीमतीको हत्या, दुवै आरोपी पक्राउ

सर्लाहीमा २१ वर्षीया कान्छी पत्नीसँग मिलेर ३५ वर्षीया जेठी श्रीमतीको हत्या, दुवै आरोपी पक्राउ

नेपालखबर
असार ५, २०८१ बुधबार ८:५२, सर्लाही

सर्लाहीको बरहथवामा एक महिलाको हत्या आरोपमा उनका पति र सौता पक्राउ परेका छन्।

बरहथवा नगरपालिका–१२, लौकाठ निवासी ३५ वर्षीया लीलावती देवी महतोको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनका पति ३८ वर्षीय शंकर महतो र उनकी कान्छी पत्नी (मृतक महिलाकी सौता) २१ वर्षीया रजनदेवी महतोलाई पक्राउ गरेको हो। 

लीलावतीको शव सोमबार बिहान घरदेखि करिब डेढ किलोमिटर टाढा रहेको कमल रायको खेतमा फेला परेको थियो। विभत्स अवस्थामा शव भेटिँनासाथ प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो। 

इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गौतम थापाले मृतक महिलाका पति र सौतालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए।

‘हामीले शव फेला पार्दा मृतक महिलाको अनुहार र घाँटीमा गहिरो चोट थियो,’ डीएसपी थापाले नेपालखबरसँग भने, ‘लीलावतीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ।’

शंकरले डेढ वर्षअघि सिराहा माइती भएका कान्छी पत्नी सजनदेवीलाई घर भित्र्याएका थिए। सर्लाहीको चक्रघट्ट माइती भएकी सजनदेवीतर्फ उनका दुई छोरी र एक छोरा छन्। 

‘डेढ वर्षअघि नै पतिले सौता भित्र्याउँदा पनि उनले सहेरै बसेकी रहिछन्,’ डीएसपी थापाले भने, ‘त्यसविरुद्ध उनले कतै उजुरी गरेको पनि देखिएको छैन। उनीहरुको परिवारमा बारम्बार झगडा हुने गरेको स्थानीयले बताएका छन्।’ 

दुवै आरोपीलाई इप्रका बरहथवाको हिरासतमा राखेर घटनाको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको डीएसपी थापाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .