ad ad

बागमती


काठमाडौँमा आज यो वर्षअन्तर्गत अहिलेसम्मकै उच्च तापक्रम

काठमाडौँमा आज यो वर्षअन्तर्गत अहिलेसम्मकै उच्च तापक्रम

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
असार १, २०८१ शनिबार १९:२८, काठमाडौँ

काठमाडौँ उपत्यकाको तापक्रम आज (शनिबार) यस वर्षअन्तर्गत अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियसमा उक्लिएको हो।

‘यो काठमाडौँ उपत्यकाका लागि यो वर्षको अहिलेसम्मको सर्वाधिक तापक्रम हो’, महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने।

आज दिउँसो काठमाडौँ उपत्यकामा वर्षा हुने अनुमान गरिएको थियो, तर वर्षा हुन नसक्दा तापक्रम बढेको उनको भनाइ छ।  

यसअघि यो वर्षअन्तर्गत काठमाडौँ उपत्यकाको हालसम्मको सबैभन्दा बढी तापक्रम ३४.४ डिग्री सेल्सियस थियो।

जुन तापक्रम गत जेठ २८, १७ र जेठ ११ गते गरी तीनपटक देखिएको थियो। आज (असार १ गते) त्यो रेकर्ड पनि ब्रेक भएको हो। 

महाशाखाका अनुसार आज  काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने २२.५ डिग्री सेल्सियस छ।

काठमाडौँ उपत्यकामा यस वर्षअन्तर्गत अहिलेसम्मकै बढी न्यूनतम तापक्रम भने शुक्रबार (हिजो) २३ डिग्री सेल्सियस पुगेको थियो।  

मौसमविद् अर्यालका अनुसार काठमाडौँ उपत्यकाको हालसम्मकै उच्च तापक्रम (अधिकतम) भने सन् १९८९ मे ७ मा ३६.६ डिग्री सेल्सियस देखिएको थियो। ‘त्यो रेकर्ड भने अहिलेसम्म तोडिएको छैन’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .