देशका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकामा पनि आज वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार यतिबेला (शनिबार दिउँसो १:२५ बजे) काठमाडौँ उपत्यकाको मौसम पनि बदली भएको छ।
‘उपत्यकाको मौसम अहिले आंशिक बदली भएको छ’, उनले भने, ‘बिस्तारै बादल बढ्दै छ, वर्षा हुने सम्भावना छ।’
काठमाडौँमा वर्षा भयो भने हल्का खालको मात्र वर्षा हुने सम्भावना रहेको उनले बताए।
मौसम महाशाखाका अनुसार आज कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका पनि एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
1.3k
Shares
प्रतिक्रिया