ad ad

राजनीति


मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्रीसँग कोको जाँदै छन् दिल्ली?

मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्रीसँग कोको जाँदै छन् दिल्ली?

नेपालखबर
जेठ २६, २०८१ शनिबार १३:५२, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार बिहान नयाँ दिल्ली जाँदै छन्।

मोदीले भोलि आइतबार प्रधानमन्त्री पदको शपथ खाने कार्यक्रम छ। त्यसमा नेपालका सरकार प्रमुखलाई पनि निमन्त्रणा गरिएको छ। 

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड सानो टिम लिएर आइतबार भारतको राजधानी दिल्ली प्रस्थान गर्ने छन्।

प्रधानमन्त्रीको टोलीमा उनकी छोरीसमेत रहेकी स्वकीय सचिव गंगा दाहाल, कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, शिष्टाचार महापाल र प्रधानमन्त्रीको पीएसओ रहनेछन्।

प्रधानमन्त्री प्रचण्ड सोमबार नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु पनि सहभागी हुँदै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .