ad ad

बागमती


ललितपुरबाट हेटौँडा आउँदै गरेको कार भीरबाट खस्यो, गम्भीर घाइते ३ जना अचेत

ललितपुरबाट हेटौँडा आउँदै गरेको कार भीरबाट खस्यो, गम्भीर घाइते ३ जना अचेत

घटनास्थल


सुनिता विष्ट
जेठ ५, २०८१ शनिबार १०:२५, हेटौँडा

ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको कार कान्तिलोकपथ सडकबाट खसेर दुर्घटना भएको छ।

मकवानपुरको बकैया गाउँपालिका १२ ठिंगननजिकै कार भीरबाट खसेको हो। 

दुर्घटनामा कारमा सवार तीनजना गम्भीर घाइते भएका छन्।

आज बिहान ७:३० बजे ग ३ च ९४७५ नम्बरको कार आफैँ अनियन्त्रित भएर सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार कारमा सवार तीन जनालाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि ठिंगनस्थित स्वास्थ्य चौकी पुर्‍याइएको छ।

‘घटनास्थलबाट अचेत अवस्थामा उद्धार गरी सोही स्थानमा रहेको स्वास्थ्य चौकीमा पुर्‍याइएको छ,’ प्रहरी प्रवक्ता भण्डारीले भने,  ‘त्यहाँ घाइतेको अवस्था हेरेर अस्पताल पठाउने तयारी हुनेछ।’

उनका अनुसार तीनै जनाको पहिचान भने खुलेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .