ad ad

बागमती


मकवानपुरमा भीरबाट कार खस्दा गम्भीर घाइते भएका ३ जनाको परिचय खुल्यो

मकवानपुरमा भीरबाट कार खस्दा गम्भीर घाइते भएका ३ जनाको परिचय खुल्यो

कार दुर्घटना भएको स्थान


सुनिता विष्ट
जेठ ५, २०८१ शनिबार १०:३८, हेटौँडा

कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–१२, ठिंगननजिकै आज बिहान कार दुर्घटना हुँदा घाइते भएकाहरूको पहिचान खुलेको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा बाराको निजगढ नगरपालिका ६ का ३० वर्षीय सन्दीप साह, रौतहटको मौलापुर नगरपालिका ६ का १७ वर्षीय विवेक शाह र मकवानपुरको भीमफेदी गाउँपालिका ८ का ६५ वर्षका प्रेम बहादुर ब्लोन गम्भीर घाइते भएका हुन्। 

सन्दीपको टाउकामा चोट लागेको छ भने विवेकर प्रेमबहादुरको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए। 

तीनैजनाको अवस्था हालसम्म पनि अचेत रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई एम्बुलेन्समा राखेर थप उपचारका लागि हेटौँडा अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

प्रहरीका अनुसार आज बिहान ७:३० बजे ग ३ च ९४७५ नम्बरको कार आफैँ अनियन्त्रित भएर सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .