ad ad

बागमती


काठमाडौँ उपत्यकामा आज वर्षाको सम्भावान कति?

काठमाडौँ उपत्यकामा आज वर्षाको सम्भावान कति?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
बैशाख ६, २०८१ बिहिबार ८:२४, काठमाडौँ

आज काठमाडौँ उपत्यकामा पनि क्षणिक वर्षा हुन सक्ने तर सम्भावना निकै कम रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अपराह्नपछि काठमाडौँ उपत्यकामा क्षणिक वर्षा हुने सम्भावना छ।

‘तर सम्भावना निकै कम देखिन्छ’, उनले भनिन्, ‘पानी पर्‍यो भने पनि उपत्यकाका कुनै न कुनै स्थानमा क्षणिक वर्षा हुन सक्छ।’ 

मौसम महाशाखाले काठमाडौँ उपत्यकामा आज पानी पर्ने सम्भावना १० प्रतिशत मात्र देखाएको छ। 

मौसमविद् नगरकोटीले काठमाडौँ उपत्यकामा दिउँसोतिर सामान्य हावाहुरी पनि चल्ने सक्ने अनुमान गरिएको बताइन्। 

यसैबीच आज बिहानको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.८ डिग्री सेल्सियस देखिएको छ भने आज अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियससम्म जाने अनुमान महाशाखाले गरेको छ। 

आज काठमाडौँ उपत्यकामा बिहान ५ बजेर ३६ मिनेटमा सूर्य उदाएको थियो भने अब साँझ ६ बजेर ३१ मिनेटमा अस्ताउने महाशाखाले उल्लेख गरेको छ। 

देशभरिको मौसम जान्नपहाडमा वर्षा र हिमपात, तराईमा हावाहुरीको सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .