ad ad

बागमती


काठमाडौँ उपत्यकाको वायु ‘अति अस्वस्थकर’, श्वासप्रश्वास र  मुटुका बिरामी होसियार

काठमाडौँ उपत्यकाको वायु ‘अति अस्वस्थकर’, श्वासप्रश्वास र  मुटुका बिरामी होसियार

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
चैत २८, २०८० बुधबार ८:२८, काठमाडौँ

काठमाडौँ उपत्यकाको वायु आज (बुधबार) अति अस्वस्थकर भएको छ। 

विश्वभरको वायु प्रदूषणको रेकर्ड गर्ने आईक्यूएयरले आज विश्वका वायु प्रदूषित सहरको सूचीमा काठमाडौँ उपत्यकालाई पहिलो नम्बरमा राखेको छ। 

आईक्यूएयरका अनुसार अहिले काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) २३० छ। 

यो भनेको अति अस्वस्थकर वायु मानिने विज्ञले बताएका छन्। 

विपत् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार २ सय १ देखि ३ सयसम्मको एक्यूआईलाई अति अस्वस्थरक वायु मानिन्छ। ३ सय १ देखि ४ सयसम्मको एक्यूआईलाई खतरनाक र ४ सय १ देखि ४ सय ५० सम्मलाई अति खतरा मानिन्छ। 

शून्यदेखि  ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्यूआईलाई होसियार रहुँ भन्ने अवस्थाको मानिन्छ। 

डा. उप्रेतीका अनुसार १ सय १ देखि १ सय ५० सम्म आईक्यूआई हुँदा नै श्वाशप्रश्वास र  मुटुका बिरामीलाई असर गर्छ। 

काठमाडौँ उपत्यकाका लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्यूआईको मान ३ सयभन्दा बढी भएको अवस्थालाई विपद्का रूपमा लिने उल्लेख छ। यस प्रकारको विपद् रोक्न कार्ययोजनामा फोहर जलाउन रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानीअपनाउन सार्वजनिक सूचना जारी गर्ने योजनामा उल्लेख छ। 

राष्ट्रिय वातावरण नीति २०७६ मा प्रदूषण न्यूनीकरण गर्न जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारी रणनीति उल्लेख छ।

प्रमुख सहर, औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्साङ्कन गरिनेछ रणनीतिमा उल्लेख गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .