ad ad

बागमती


ललितपुरको हात्तीवनस्थित फर्निचर उद्योगमा आगलागी हुँदा एकजनाको मृत्यु, शव चिनिएन

ललितपुरको हात्तीवनस्थित फर्निचर उद्योगमा आगलागी हुँदा एकजनाको मृत्यु, शव चिनिएन

नेपालखबर
चैत २४, २०८० शनिबार १०:३३, काठमाडौँ

ललितपुरको हात्तीवनस्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेश सुवेदीका अनुसार ललितपुर महानगरपालिका-२३,  हात्तीवनस्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा भएको आगलागीमा परी एक पुरुषको मृत्यु भएको हो।

‘शव डढेको अवस्थामा रहेकाले मानिस पहिचान हुन सकेको छैन’, एसपी सुवेदीले नेपालखबरसँग भने, ‘मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव अस्पताल लाने तयारी गरिरहेका छौँ।’

शव पुरुषको भन्नेचााहिँ चिनिएको तर मानिस नचिनिएको उनले बताए। ‘त्यहीँ काम गर्ने मानिस पनि हुनसक्छ अथवा बाहिरको पनि हुनसक्छ’, उनले भने, ‘यस विषयमा बुझ्दै छौँ।’

एसपी सुवेदीका अनुसार फर्निचर उद्योगमा आगलागी भएको भनी स्थानीयले शनिबार बिहान ६  बजे प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै दमकलसहित घटनास्थल पुगेको प्रहरीको टोली आगो निभाउने क्रममा भित्र पुरुषको शव फेला पारेको हो।

आगलागीबाट १० लाख रुपैयाँ मूल्य बराबरको फर्निचर क्षति भएको अनुमान गरिएको उनले बताए।     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .