ad ad

बागमती


नगरपालिकाविरुद्ध स्टाटस लेख्नेलाई ७ दिनको अल्टिमेटम!

नगरपालिकाविरुद्ध स्टाटस लेख्नेलाई ७ दिनको अल्टिमेटम!

नेपालखबर
चैत २२, २०८० बिहिबार १४:२७, काठमाडौँ

नुवाकोटको बेलकोटगढी नगरपालिकाले आफ्नाविरुद्ध फेसबुकमा स्टाटस लेख्ने एकजना नगरवासीलाई ७ दिनभित्र कार्यालयमा उपस्थित हुन अल्टिमेटम दिएको छ। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले पत्र लेखी बेलकोटगढी-९ निवासी नेतनाथ गजुरेललाई प्रमाणसहित नगर कार्यपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन्।  

गजुरेलले फेसबुकमा ‘बेलकोटगढी शिक्षक सरुवाको निष्पक्ष छानबिन होस्, आजसम्म भएको र लगत हुन लागेको सरुवा लेनदेन केन्द्रित छ। खबरदारी गरौँ’ भनी लेखेका थिए। 

सोही विषयमा स्पष्टीकरण दिन नगरपालिकाले बुधबार पत्र लेख्दै उनलाई पत्र पाएको ७ दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको हो। 

‘प्रस्तुत विषयमा तपाईंले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको ‘बेलकोटगढी शिक्षक सरुवाको निष्पक्ष छानबिन होस्। आजसम्म भएको र लगत हुन लागेको सरुवा लेनदेन केन्द्रित छ। खबरदारी गरौँ’ भन्ने स्ट्याटसप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएकोले पत्र प्राप्त भएको मितिले ७ (सात) दिनभित्र प्रमाणसहित उपस्थित भई दिनु हुन अनुरोध छ’, पत्रमा भनिएको छ, ‘अन्यथा प्रचलित कानुनबमोजिम भइजाने व्यहोरा अवगत गराइन्छ।’ 

हेर्नुहोस् पत्र-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .