ad ad

बागमती


बागमतीमा हानेपाका बज्राचार्यलाई पर्यटन मन्त्रालय दिइँदै

बागमतीमा हानेपाका बज्राचार्यलाई पर्यटन मन्त्रालय दिइँदै

फाइल तस्बिर


नेपालखबर
चैत १५, २०८० बिहिबार १७:५०, हेटौंडा

हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारमा सहभागी हुने भएका छन्।

उनलाई प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीको शपथ गराउने तयारी गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ। 

बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने करिब निश्चित भएको छ। यसअघि मंगलबार मात्रै हानेपाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

समर्थन फिर्ता लिएर प्रदेश सरकारको नेतृत्व दाबी गरेको हानेपा सरकारमा सहभागी हुने भएको हो। मुख्यमन्त्री जम्कट्टेलले हानेपासँग राजनीतिक रूपमै सहमति गरेर सरकारमा सहभागी गराउन खोजिएको बताए।

बज्राचार्यलाई आज साँझ ६ बजे मन्त्रीमा नियुक्त गर्दै सपथग्रहणको तयारी गरिएको मुख्यमन्त्री जम्मकट्टेलले बताए। उनका अनुसार आजै मन्त्रीमा नियुक्त भएर पदभार समेत आजै ग्रहण गर्ने तयारी गरिएको छ। 

११० सांसद रहेको बागमतीमा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। नयाँ गठबन्धनका रहेका दलहरूले बहुमत पुर्‍याउन नसक्दा साना दलहरूसँग नियमित छलफलमा थिए।

अहिलेको गठबन्धनमा एमालेको २७, माओवादीको २१ र एकीकृत समाजवादीको सात गरी जम्मा ५५ सांसद छन्। हानेपाको समर्थन पाएपछि अब सरकार जोगाउन आवश्यक ५६ सांसद प्रर्याप्त हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .