ad ad

बागमती


काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसमा उक्लियो

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसमा उक्लियो

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
फागुन १७, २०८० बिहिबार ६:३१, काठमाडौँ

काठमाडौँ उपत्यकाका यतिबेला (बिहीबार बिहान) हल्का हुस्सु लागेको छ। 

तर यो बिहान ९ बजेपछि क्रमशः हट्दै जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए। 

‘अहिले (बिहान ६:२० बजे) काठमाडौँ उपत्यकाको भिजिबिलिटी ४ किलोमिटर छ’, उनले भने, ‘यो  भनेको त्यति नराम्रो होइन।’

मौसमविद् अधिकारीका अनुसार अहिले बिहान काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा छ। ‘खासै बादल छैन’, उनले भने, ‘त्यसैले काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा नै छ भन्नुपर्छ।’

उनका अनुसार आज दिनभर उपत्यकाको मौसम मुख्यतया सफा नै रहने सम्भावना छ। ‘आजलाई त्यस्तो मौसम बदली र वर्षाको सम्भावना देखिएको छैन’, मौसमविद् अधिकारीले भने। 

यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस देखिएको छ। बुधबार उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस छ।

अघिल्लो बिहीबार (फागुन १० गते) भएको मौसम बदली र वर्षाले केही दिन घटेको काठमाडौँ उपत्यकाको तापक्रम फेरि बढ्न थालेको हो। 

वर्षाका कारण गत शुक्रबार (फागुन ११ गते) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम स्वाट्टै घटेर शुक्रबार ३.५ डिग्री सेल्सियसमा झरेको थियो। उक्त दिन उपत्यकाको अधिकतम तापक्रम पनि घटेर १९.४ डिग्री सेल्सियसमा झरेको थियो।    

आज उपत्यकाको अधिकतम तापक्रम २२ देखि २४ डिग्रीसम्म पुग्ने अनुमान गरिएको मौसमविद् अधिकारीले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .