काठमाडौँ उपत्यकाको पर्यटकीय स्थल चन्द्रागिरि डाँडामा यस वर्षकै पहिलोपटक हिउँ परेको छ।
चन्द्रागिरिमा बिहीबार साँझपख हल्का हिमपात भएको त्यहाँस्थित भालेश्वर महादेव मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिएका छन्।
उनले सामाजिक सञ्जालमा चन्द्रागिरिमा हिमपात भइरहेको सानो भिडिओ नै बनाएर राखेका छन्।
भिडिओ हर्न यहाँ क्लिक गर्नुहोला।
यस हिउँदमा चन्द्रागिरिमा हिमपात भएको यो पहिलोपटक हो।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले चन्द्रागिरिमा बिहीबार साँझ हल्का हिमपात भएको कुरा स्थानीयबाट जानकारी भएको बताए।
‘त्यहाँ हाम्रो मापन यन्त्र छैन’, उनले भने, ‘त्यसैले चन्द्रागिरिमा स्थानीयकै आधारमा मात्र हिमपात भएको थाहा पाउने हो।’
435
Shares
प्रतिक्रिया