ad ad

बागमती


तीन घण्टामै घट्यो काठमाडौँ उपत्यकाको तापक्रम

तीन घण्टामै घट्यो काठमाडौँ उपत्यकाको तापक्रम

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
माघ १६, २०८० मंगलबार ९:५६, काठमाडौँ

काठमाडौँ उपत्यकाको तापक्रम तीन घण्टापछि केही घटेको छ। 

आज बिहान ५:४५ बजे ४.४ डिग्री सेल्सियस देखिएको उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे ३.८ डिग्री सेल्सियसमा झरेको हो।

आजको आधिकारिक न्यूनतम तापक्रम यही भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यसअघि सोमबार काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस थियो। 

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने न्यूनतम तापक्रम बढ्छ भने राति आकाश खुला भयो भने घट्छ।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ १६ देखि १८ डिग्रीको बीचमा रहने अनुमान गरिएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।  

आज प्रविधिले काठमाडौँ उपत्यकामा पनि फाटफुट वर्षाको सम्भावना देखाएको तर त्यो सम्भावना नगन्य रहेको मौसमविद् अधिकारीको भनाइ छ।  

‘आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना त देखाएको छ, तर त्यो नगन्य छ’, उनले भने, ‘भोलि र पर्सिचाहिँ उपत्यकामा वर्षा हुने सम्भावना अलि बढी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .