ad ad

बागमती


राष्ट्रिय सभा निर्वाचन : बागमतीमा हानेपाको दुई मत कता?

राष्ट्रिय सभा निर्वाचन : बागमतीमा हानेपाको दुई मत कता?

नेपालखबर
माघ ४, २०८० बिहिबार १६:५६, हेटाैँडा

आउँदो माघ ११ गते १९ सदस्यका लागि राष्ट्रिय सभा निर्वाचन हुँदैछ। फागुन २० गते पदावधि सकिन लागेका राष्ट्रिय सभा सदस्यको पदपुर्तिका लागि निर्वाचन हुन लागेको हो।

जसमा बागमती प्रदेशमा पनि ४ सिट खाली हुने भएपछि यी ४ सिटका लागि निर्वाचन हुँदै छ। यस प्रदेशबाट एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पद रिक्त हुन लागेको हो।

रावल महिला, राई अपांगता/अल्पसंख्यक, विश्कर्मा दलित र देवकोटा अन्य समूहबाट निर्वाचित भएका थिए। अब ती चार वटै समूहमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ।

सरकारमै रहेका दलहरुलाई यस अघिका संसदीय यात्रामा साथ दिँदै आएको हाम्रो नेपाली पार्टी (हानेपा) को मत कसलाई भन्ने चर्चा चुलिएको छ। बागमती प्रदेश सभामा मात्रै प्रतिनिधित्व रहेको हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।

जुन गठबन्धनको सरकार बन्दा पनि निरन्तर सरकारलाई समर्थन गर्दै आएको हाम्रो नेपाली पार्टीले राष्ट्रिय सभा निर्वाचनमा कस्लाई सघाउँछ? यो प्रश्नमा हानेपा बागमती संसदीय दलका नेता शैलेन्द्र बज्राचार्यले आफूहरु सरकारको समर्थनमा रहेको तर मत कता दिने भन्ने निर्क्यौल भइनसकेको बताए।

बज्रचार्यले भने, ‘हामी सरकार मै छौं भन्दा पनि फरक पर्दैन। सुरुदेखि नै संसदीय यात्रमा पनि हामीले सरकारलाई समर्थन गर्दै आएका छौं। मत त हामीसँग सरकारमा रहेका दल र अन्य दलहरुले पनि माग्नुभएको छ।’

उनले थपे, ‘हामीसँग प्रदेश सभामा दुई मत छ। आफ्नो मताधिकार कुन दललाई दिने भन्ने टुंगो लागिनसके पनि सरकारलाई गर्दै आएको समर्थनलाई नै निरन्तरता दिने कि भन्ने सल्लाह हुँदै छ।’

४ मंसिर २०७९ को आम निर्वाचनमा हाम्रो नेपाली पार्टीले काठमाडौंको प्रदेश सभा क्षेत्र नम्बर ८(१) मा निर्वाचित भएर प्रदेश सभामा प्रतिनिधित्व गरेको हो भने काठमाडौंबाटै सरिता खड्गी हानेपाकी समानुपातिक सांसद निर्वाचित भएकी थिइन्।

राष्ट्रिय सभाका निर्वाचनका लागि २३ पुसमा भएको मनोनयन दर्ताका क्रममा सरकारमा आवद्ध दलहरूले साझा उम्मेदवार बनाएका छन् भने अन्य दलहरूले एक्लाएक्लै चुनावी मैदानमा छन्।

सत्तामा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले साझा उम्मेदवार उठाउँदा एमाले, राप्रपा र नेमकिपाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .