ad ad

बागमती


काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम स्थिर

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम स्थिर

नेपालखबर
माघ १, २०८० सोमबार ६:११, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम स्थिर देखिएको छ। अर्थात् आइतबार यो समयमा जति देखिएको थियो, आज पनि उत्तिकै छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो।

हिजो आइतबार पनि सो समयमा उपत्यकाको न्यूनतम तापक्रम यत्ति नै देखिएको थियो। तर पछि बिहान ८:४५ बजे पुनः मापन गर्दा केही घटेर ५.२ डिग्री सेल्सियस देखिएको थियो। 

आज पनि अहिले बिहान ८:४५ बजे पुनः न्यूनतम तापक्रम मापन गरिनेछ, त्यतिबेला अहिलेको भन्दा केही घट्ने सम्भावना हुन्छ। 

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको उनले बताए।  

मौसम महाशाखाको रेकर्डअनुसार आइतबार उपत्यकाको अधिकतम तापक्रम १९.५ डिग्री सेल्सियस थियो।

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ। 

मौसमविद् पुडासैनीका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली हुने सम्भावना छ। भनेको आकाशमा अलि अलि बादल देखिए पनि घाम लाग्नेछ। 

काठमाडौँ उपत्यकामा अहिले बिहान हुस्सु पनि लाग्ने सम्भावना रहेको उनले जानकारी दिए। ‘तर घाम लागेसँगै यो हटेर जान्छ’, मौसमविद् पुडासैनीले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .