ad ad

बागमती


बागमती प्रदेश भ्रमण वर्ष २०२४ को शुभारम्भ

बागमती प्रदेश भ्रमण वर्ष २०२४ को शुभारम्भ

नेपालखबर
पुस १६, २०८० सोमबार १७:४१, हेटाैँडा

बागमती प्रदेश भ्रमण वर्ष, २०२४ को शुभारम्भ गरिएको छ। सोमबार प्रदेशको राजधानी हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले २०२४ को सुभारम्भसँगै पर्यटन वर्षको सुरुवात गरिएको जानकारी दिइएको हो।

गत कार्तिक २३ गते बसेको मन्त्रिपरिषद बैठकले भ्रमण वर्ष २०२४ मनाउने निर्णय गरेको थियो। सो अनुरुप सोमबारबाट बागमती प्रदेश भ्रमण वर्ष, २०२४ मनाउन लागिएको बताइएको हो।

धेरै भन्दा धेरै पर्यटक भित्र्याएर मुलुकमा समृद्धी ल्याउन टेवा पुर्याउने उदेश्यका साथ बागमती प्रदेश भ्रमण वर्ष, २०२४ मनाउन लागिएको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेश भ्रमण वर्ष २०२४ लाई भव्यरुपमा सफल बनाएर पर्यटन क्षेत्रसँग प्रत्यक्ष र अप्रत्यक्षरुपमा जोडिएका सार्वजनिक निकाय तथा पदाधिकारीहरु, निजी क्षेत्रका व्यवसायीहरु, पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाहरु, नागरिक समाज, सञ्चार जगत र अन्य सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहन विश्वास राखिएको मन्त्रालयका प्रवक्ता उत्तम चापागाईले बताए।

साँस्कृतिक सम्पदाको विविधता, मनोरम प्राकृतिक परिदृश्य र ऐतिहासिक महत्व बोकेको बागमती प्रदेशमा विद्यमान पर्यटकीयस्थल र सम्भावनाहरुको पहिचान, संरक्षण, सम्बर्धन र प्रचार प्रसार गरी पर्यटकीय गतिविधिहरुलाई अभिवृद्धि गर्ने र सो को माध्यमबाट बागमती प्रदेशका पर्यटकीय स्थलहरुमा पर्यटक आवागमन बढाउँदै अर्थतन्त्रलाई समेत गतिशील बनाउने उद्देश्य राखेर पर्यटन वर्षको आयोजना गरिएको संस्कृती पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशका सचिव गोविन्द रिजालले बताए।

प्रदेशका १३ वटै जिल्लामा रहेका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटक बढाउने उदेश्यले मनाउन लागिएको भ्रमण वर्षको कार्यक्रमा यस्ता सबै पर्यटकीय क्षेत्रलाई विस्तार गर्ने योजना रहेको मन्त्रालयको दाबी छ।

पर्यटक व्यवसायलाई अझ सुदृढ गर्नका लागि भ्रमण वर्ष मनाउन लागिएको संस्कृती पर्यटन तथा सहकारी मन्त्री पुकार मर्हजनको भनाई छ।   

बागमती प्रदेशका पर्यटकीय स्थलहरुमा पर्यटक आवागमन बढाउँदै अर्थतन्त्रलाई समेत गतिशील बनाउने उद्देश्य राखेर बागमती प्रदेश सरकारले बागमती प्रदेश भ्रमण वर्ष २०२४ को शुभारम्भ भएको मन्त्रालयको दावी छ। यसका लागि करिब २ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .