ad ad

बागमती


काठमाडौँ उपत्यका: सवारीसाधन लिएर कतै निस्कँदै हुनुहुन्छ? पख्नुस्, पहिला यी नम्बरमा फोन गर्नुस्

काठमाडौँ उपत्यका: सवारीसाधन लिएर कतै निस्कँदै हुनुहुन्छ? पख्नुस्, पहिला यी नम्बरमा फोन गर्नुस्

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
मंसिर ७, २०८० बिहिबार ८:१९, काठमाडौँ

आज (मंसिर ७ गते) काठमाडौँ उपत्यकामा नेकपा एमालेको भ्रातृ संगठन र दुर्गा प्रसाईंको समूहले छुट्टाछुट्टै स्थानमा शक्ति प्रदर्शन गर्न लागेकाले सवारीसाधन लिएर निस्कनुअघि प्रहरीलाई फोन गर्न अनुरोध गरिएको छ। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज उपत्यकाभरि नै यातायात अस्तव्यस्त हुने सम्भावना देखिएकाले अत्याश्यक काम भए मात्र सवारीसाधन लिएर सडकमा निस्कने र त्यसअघि प्रहरीका नम्बरमा अनिवार्य फोन गर्ने। 

ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनामा भनिएको छ,  ‘...सडकमा निस्कनपूर्व १०० वा १०३ मा टेलिफोन गर्न हुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन अनुरोध छ।’

फोन गर्दा पैसा नलाग्ने १०० नम्बर नेपाल प्रहरीको हो भने १०३ नम्बर ट्राफिक प्रहरीको हो। 

नागरिकको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारीसाधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्नसक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न पनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिकमा अपिल गरेको छ। 

हेर्नुहोस् सूचना-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .