ad ad

समाज


युवा संघ र दुर्गा प्रसाईंको आन्दोलन : काठमाडौँका धेरैजसो विद्यालय बन्द

युवा संघ र दुर्गा प्रसाईंको आन्दोलन : काठमाडौँका धेरैजसो विद्यालय बन्द

फाइल तस्बिर


नेपालखबर
मंसिर ७, २०८० बिहिबार ८:२२, काठमाडौँ

एमालेको भ्रातृ संगठन युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले गर्न लागेको शक्ति प्रदर्शनको कारण काठमाडौँका धेरैजसो शैक्षिक संस्था आज बन्द भएका छन्। 

दुई समूहको प्रदर्शनको कारण यातायात सेवा प्रभावित हुने भएपछि स्कुल, कलेज बन्द गर्नु परेको सञ्चालकहरुले बताएका छन्। 

युवा संघको नेतृत्वमा तीनकुनेमा र प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले बल्खु चोकमा आज दिउँसो प्रदर्शन गर्ने तयारी छ। 

सरकारले दिएका कतिपय सार्वजनिक बिदाका दिनसमेत चल्ने गरेका काठमाडौँका नाम चलेका केही निजी विद्यालयलेसमेत आज विद्यार्थीलाई स्कुल नआउन भन्दै सूचना जारी गरेका छन्।

एकअर्काबीच आरोप-प्रत्यारोप गरिरहेका दुई समूहबीच झडप हुनसक्ने आकलन गरी काठमाडौँ उपत्यकाभरि नै आज विशेष सुरक्षा व्यवस्था मिलाइएको सरकारले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .