भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित त्रिशूली नदीमा मुख धुने क्रममा खसेर दुईजना बेपत्ता भएका छन्।
वनभोज खान गएका उनीहरू दिउँसो साढे ४ बजेतिर नदीमा बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकका ३० वर्षीय अर्जुन प्रधान र सोही ठाउँ बस्ने ३० वर्षीय प्रवीण श्रेष्ठ छन्।
उनीहरूको खोजी भइरहेको उनले जानकारी दिए।
84
Shares
प्रतिक्रिया