ad ad

बागमती


मकवानपुर पहिरो : अक्कलबहादुरकी नातिनी पनि मृत भेटिइन्, अझै ज्वाइँ र नाति फेला पर्न बाँकी

मृतकको संख्या ४ पुग्यो
मकवानपुर पहिरो : अक्कलबहादुरकी नातिनी पनि मृत भेटिइन्, अझै ज्वाइँ र नाति फेला पर्न बाँकी

बेपत्ताको खोजीमा जुटेका सुरक्षाकर्मीसहितको टोली।


नेपालखबर
साउन २५, २०८० बिहिबार ९:५३, हेटौँडा

मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रे दोभानमा मंगलबारको पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। पहिरोसँगै बगेर बेपत्ता ५ जनामध्ये बुधबार साँझसम्म तीनजना मृत फेला हुन्। 

मकवानपुर प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीका अनुसार बुधबार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनका २२ वर्षीया छोरी शिला पहरी र डेढ वर्षकी नातिनी दिव्या पहरी मृत अवस्थामा भेटिएका हुन्। 

अक्कलबहादुर र शिलाको शव बुधबार बिहान खोजकर्ताको टोलीले घटनास्थलबाट १० किलोमिटर दक्षिण सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित नदीको बीच बगरमा फेला पारेका हुन्। 

अक्कलबहादुरकी नातिनी दिव्याको शव भने हिजो साँझ फेला पारिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दिव्याको शव घटनास्थलभन्दा झन्डै १२ किलोमिटर पर सिन्धुलीको हरिहरपुर गाउँपालिका-३ बनौलीमा फेला परेको हो।

यसअघि मंगलबार पहिरोबाट उद्धार गरिएकी अक्कलबहादुरकी श्रीमती शान्तिमाया स्याङ्तानको मृत्यु भएको थियो। घाइते अवस्थामा उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा उनको मृत्यु भएको थियो।

घटनामा परेका अझै दुईजना भेटिएका छैनन्। बेपत्ता हुनेमा अक्कलबहादुरका २५ वर्षीय ज्वाइँ जीवन पहरी र ४ वर्षका नाति मिलन छन्।

पहिरोमा परी बेपत्ता भएका सिन्धुलीको हरिहरपुर गाउँपालिका–१ का पासाङ घिसिङलाई भने १२ घण्टापछि बुधबार जीवितै फेला पारियो। उनको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .