ad ad

बागमती


‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि छनोट भयो काठमाडौं महानगर

‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि छनोट भयो काठमाडौं महानगर

नेपालखबर
साउन २, २०८० मंगलबार २१:१, काठमाडौँ

काठमाडौं महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि छनोट भएको छ।

यसै वर्षको नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीजरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई आयोजकले पत्र पठाएको छ। 

‘पर्यटन क्षेत्रका बैज्ञानिक पेशाकर्मीहरुको निर्णायक समितिले अवार्डका लागि छनोट गरेको हो,’ पत्रमा भनिएको छ, ‘यस क्षेत्रका आयामिक पक्षलाई आम जनता बिच परिचित गराउने, पर्यटन गन्तव्यहरूको विशिष्ठतालाई प्रवर्धन गर्ने यस कार्यक्रममा यहाँको उपस्थितिका लागि निमन्त्रणा गर्दछौँ।’

काठमाडौंको सांस्कृतिक, धार्मिक र पुरातात्विक इतिहास, मूर्त अमूर्त सम्पदा र जीवन्त सहरी वातावरणले आगन्तुकलाई मोहित बनाउने गरेको उल्लेख पत्रमा उल्लेख गरिएको छ। ‘यसले विश्वभरका आगन्तुकहरुलाई मोहित बनाउँछ,’ पत्रमा उल्लेख छ।

यो अवार्ड विगत १५ वर्षदेखि भइरहेको छ। अवार्डका लागि स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका)ले आवेदन दिन सक्छन। आवेदकमध्येबाट निश्चित संख्यामा अवार्डका लागि मनोनयन गरिन्छ। 

प्राकृतिक र सांस्कृतिक सम्पदाहरुलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवर्धन गर्नु, पर्यटन सेवा मापदण्डलाई प्रतिस्पर्धी बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो।

अवार्ड कार्यक्रममा स्वीजरल्याण्ड, इटालीसहित अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचार गरिन्छ। यस्तै सम्मानित हुने सहरमा पर्यटनको मुल्य र पेशाका विषयमा चर्चा गरिन्छ। 

स्थानीय तहका अधिकारी, सम्मानित संस्थाका अधिकारी तथा प्रतिनिधि, गन्तव्य प्रवर्धक कार्यक्रममा सहभागी हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .