ad ad

बागमती


बालेनको सिको गर्दै हेटौँडा-७ का वडाध्यक्षले पनि कार्यकक्षमा राखे ‘ग्रेटर नेपाल’

बालेनको सिको गर्दै हेटौँडा-७ का वडाध्यक्षले पनि कार्यकक्षमा राखे ‘ग्रेटर नेपाल’

नेपालखबर
असार १, २०८० शुक्रबार १३:९, हेटौँडा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेपछि देशका अन्य स्थानीय तहका जनप्रतिनिधिले पनि धमाधम उनको सिको गरिरहेका छन्।  

यसै क्रममा हेटौँडा उपमहानगरपालिका–७ का वडाध्यक्ष दामोदर गौतमले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्। 

छिमेकी मुलुक भारतले आफ्नो नयाँ संसद् भवनमा नेपालका लुम्बिनी र कपिलवस्तुसमेत समेटिएको ‘अखण्ड भारत’ नामको नक्सा राखेपछि त्यसको प्रतिवादमा नेपाली जनप्रतिनिधिहरूले पनि पूर्व टिस्टा र पश्चिममा काँगडासम्म फैलिएको विशाल नेपालको नक्सा आफ्नो कार्यालयमा राख्न थालेका हुन्।  

भारतले नेपाली भूमि मिच्न खोजेकाले त्यसको विरोधमा आफूले पनि कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेको वडाध्यक्ष गौतमले नेपालखबरलाई बताए।

‘यो हाम्रो इतिहास बोकेको नक्सा हो, यस्तो गौरवपूर्ण इतिहास नयाँ पिँढीलाई जानकारी दिन पनि आवश्यक हुन्छ भनेर नक्सा राखेको हुँ’, गौतमले भने।

यसअघि मकवानपुरकै थाहा नगरपालिका–३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीले गत मंगलबार ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .