ad ad

बागमती


बागमती प्रदेशसभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण सार्वजनिक गरिने

बागमती प्रदेशसभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण सार्वजनिक गरिने

नेपालखबर
जेठ ३२, २०८० बिहिबार ९:२४, हेटौँडा

आज (बिहीबार) बागमती प्रदेशसभाको बैठक बस्दै छ। बैठकमा प्रदेशको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्न कार्यक्रम छ। 

भोलि असार १ गते आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्नुपूर्व प्रदेश सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्न लागेको हो। 

आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले जानकारी दिए। बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले आर्थिक सर्वेक्षण पेस गर्ने उनले बताए। 

यसअघि बुधबार (हिजो) दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर आगामी असार १ गते प्रस्तुत हुने सरकारको आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा कार्यसूची तयार गरिएकाे जानकारी पनि  सविच खड्काले दिए।

उनका अनुसार अर्थमन्त्री लामाले पेस गरेको आर्थिक सर्वेक्षण सार्वजनिक हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .