ad ad

रोचक


त्यो जहाज दुर्घटना : जहाँ मान्छेले खान थाले मान्छेकै मासु

त्यो जहाज दुर्घटना : जहाँ मान्छेले खान थाले मान्छेकै मासु

जहाज दुर्घटनामा आधारिक फिल्म ‘अलाइभ’को दृष्य


नेपालखबर
जेठ ३२, २०८० बिहिबार ९:४१, काठमाडौँ

हालै कोलम्बियाको जङ्गलमा भएको विमान दुर्घटनामा हराएका चार बालबालिका ४० दिनपछि सकुशल फेला परे। यस घटनाले संसारलाई अचम्ममा पारेको छ।

आमाको दुर्घटना भइसकेका ती बालबालिकाको शरीरका किराले टोकेका थिए, तर उनीहरू सकुशल फेला परे। गएको शुक्रबार १, ४, ९ र १३ वर्ष उमेरबा ती बालबालिकालाई सेनाको उद्धार टोलीले फेला पारेको हो।

इतिहासमा यस्ता धेरै विमान दुर्घटना भएका छन्, जसमा मानिसहरू सकुशल बाहिर निस्किएका छन्।

यस्तै एक घटना १३ अक्टोबर १९७२ मा दक्षिण अमेरिकी मुलुक उरुग्वेको वल्ड क्रिस्चियन क्लबको रुग्बी टिमको विमान दुर्घटना भएको थियो। क्लबका खेलाडीहरू परिवारका सदस्यसहित चिलीको सान्टियागो जाँदै थिए। त्यहाँ उनीहरूले खेल खेल्नुपर्ने थियो।

तर बाटोमा बौसम बिग्रियो, एन्डिज पर्वतशृंखलामा दुर्घटना भयो।

उद्धार टोलीले राहत कार्य सुरु गर्दा विमान कहाँ खसेको हो भन्ने पनि थाहा पनि थाहा भएन। हिउँले ढाकिएको पहाडमा धेरै दिन खोज्दा पनि केही नभेटिएपछि उद्धार कार्य रोकियो।

दुर्घटना हुँदा विमानमा सवार ४५ जनामध्ये १२ जनाको मृत्यु भएको थियो । घाइते ८ जनाको केही समयपछि हिमपातमा परी मृत्यु भयो। हिउँमा परेका उनीहरूले विमानमा सञ्चित रहेको खाना खाएर केही दिन काटे। 

विमानमा खाना सकिएपछि घाइतेहरूले आफ्नै मरेका साथीहरूको मासु खान थाले। विमानको धातुमा घाम लाग्दा पगालिएको पानी जम्मा गरेर उनीहरूले त्यही पिए। उद्धार गर्न कोही आउँछ कि भन्ने पर्खाइमा बसेका उनीहरूले विस्तारै उद्धारको आशा मारे।

बाँकी ज्युँदामध्ये दुई जना खेलाडीहरू घटनाको २ महिनापछि विमानबाट निस्किएर हिँड्न थाले।  रोबर्ट क्यानेसा र फर्नान्डो पाराडो १० दिन लगातार हिँडेर चिलीको एक बस्तीमा पुगे। त्यहाँ उनीहरूले विमान दुर्घटनाको लोकसेन बताए।

त्यसको २ दिनपछि बाँकी १४ जनाको उद्धार भएको थियो। अन्य ९ जनाको भने हिमपात र खाना अभावका कारण मृत्यु भइसकेको थियो।

उक्त घटनालाई लिएर सन् १९७४ मा ब्रिटिश लेखक पियर्स पलले 'अलाइभ' किताब लेखेका छन्। सोही कथामाथि सन् १९९३ मा फ्र्यांक मार्सलले सोही शीर्षकमा फिल्म पनि बनाएका छन्।

दुर्घटनामा बचेका कार्लोज पायज आफ्नो बुवासँग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .