गर्मी नघटेपछि हेटौँडा उपमहानगर क्षेत्रका विद्यालयमा थप दुई दिन बिदा हुने भएको छ।
हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले शनिबार दिउँसो एक सूचना प्रकाशित गर्दै गर्मी मौसममा सुधार नआएको र सरोकारवालासँग छलफलपछि विद्यालय दुई दिन जेठ २८ र २९ गते विद्यालयमा भौतिक उपस्थित भएर पठनपाठन बन्द रहने जानकारी गराइएको छ।
जेठ ३० गतेदेखि भने बिहानी कक्षा सञ्चालनका लागि आवश्यक तयारी गर्न विद्यालयलाई अनुरोध समेत गरिएको छ।
विद्यालय विदा रहेको समयमा बालबालिकालाई दिउँसो घाममा बाहिर निस्कन नदिई घरमै सुरक्षितरुपमा रहने व्यवस्था मिलाउन, बालबालिकालाई रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी हुन प्रोत्साहन गर्ने, बालबालिकालाई पोषणयुक्त खाना खुवाउने, जंकफुड, स्वास्थ्यलाई प्रतिकुल असर गर्ने खानेकुराहरु खान नदिन, नखुवाउन, स्वच्छ पानी पिउने व्यवस्था मिलाउन पनि महाशाखाले आग्रह गरेको छ।
Shares
प्रतिक्रिया