ad ad

बागमती


सुतेकै ठाउँमा सर्पले डस्दा दाजुभाइकै मृत्यु

सुतेकै ठाउँमा सर्पले डस्दा दाजुभाइकै मृत्यु

फाइल फाेटाे


नेपालखबर
जेठ १६, २०८० मंगलबार १९:२७, सिन्धुली

सिन्धुलीमा सर्पले डस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दूधौली नगरपालिका– १ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ ३ वर्षीय ग्रिस्म पहाडीको मृत्यु भएको हो। 

ओछ्यानमा सुतिरहेका बालकलाई आज बिहान ३ बजे सर्पले डसेको थियो। उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको र थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। 

सर्पले ग्रिसलाई बाँया हातको औँलामा र ग्रिस्मको बाँया खुट्टामा डसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .