ad ad

बागमती


बागमती मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम स्वीकृत

बागमती मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम स्वीकृत

नेपालखबर
जेठ १४, २०८० आइतबार १३:३२, काठमाडौँ

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।

आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम स्वीकृत गरेको हो। प्रदेशसभामा उक्त नीति तथा कार्यक्रम आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने कार्यक्रम छ।

बैठकले प्रदेशमा ५ वटा प्रहरी इकाई भवन निमार्णका लागि पहिलो किस्ता स्वरुप ६ करोड १५ लाख ५६ हजार रुपैयाँ पठाउने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।

यस्तै, मन्त्रिपरिषद् बैठकले गत वर्ष प्राकृतिक विपदमा परेकाहरुलाई आर्थिक मामिला तथा योजना मन्त्रालयबाट थप सर्सत अनुदानका रुपमा एक करोड ९० लाख रुपैयाँ पठाउने निर्णय गरेको छ।

प्रदेश सरकारले १० वटा स्थानीय तहको विपद् कोषमा जम्मा हुनेगरी एक करोड रुपैयाँ पठाउने र सिन्धुली अस्पतालमा प्रसूति महिलाको मृत्यु भएपछि अस्पतालमा तोडफोड हुँदा भएको क्षतिको पुनर्निर्माण गर्न १० लाख रुपैयाँ दिने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .