पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नोपलको राजनीति भ्यागुताको धार्नी जस्तै भएको टिप्पणी गरेका छन्।
आइतबार बागमतीको बजेट निर्माणको छलफलका लागि हेटौँडा आइपुगेका नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले पत्रकारहरुसँग कुराकानी गर्दै नेपालमा राजनीतिक स्थिरता दिन भ्यागुताको धार्नी पुर्याउन भन्दा कठिन भएको बताए।
‘कुनै पनि दलको बहुमत आउने अवस्था छैन। त्यसकारण लेनदेन र गठबन्धनबाट सरकार बनाउनुपर्ने अवस्था छ। लेनादेना गर्दा भागबण्डाको कुरा आउँछ। सरकार गठन गर्दा अहिले भ्यागुतालाई जम्मा पारेर धार्नी पुराएजस्तै भएको छ। एउटालाई मनायो अर्को बुरुक्क उफ्रिन्छ।’
उनले वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीका कारण राजनीतिक अस्तिरता भएको बताउँदै त्यसलाई परिवर्तन गर्नुपर्ने बताए। उनले नेपाल समाजवादी पार्टी वैकल्पिक राजनीतिक शक्ति बन्ने प्रयासमा रहेको बताए।
Shares
प्रतिक्रिया