ad ad

बागमती


बागमती प्रदेशको बजेट निर्माणसम्बन्धी छलफलमा बाबुराम भट्टराई सामेल

बागमती प्रदेशको बजेट निर्माणसम्बन्धी छलफलमा बाबुराम भट्टराई सामेल

नेपालखबर
बैशाख २४, २०८० आइतबार १३:५९, हेटाैँडा

बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माण सम्बन्धी छलफल सुरु भएको छ। हेटौंडामा सुरु भएको छलफलमा बजेट निर्माण सम्बन्धी सुझाव दिन पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सहभागी भएका छन्।

कस्तो मोडलको बजेट बनाउने भन्ने विषयमा भट्टराईले बागमती प्रदेश सरकारलाई सुझाव दिने मुख्यमन्त्री शालिकराम जम्मकट्टेलका राजनीतिक सल्लाहकार डिपी ढकालले बताए।

आइतबार भैरहेको बजेट तर्जुमाको छलफलमा मुख्यमन्त्री जम्मकट्टेल सहित प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, अर्थमन्त्री बहादुरसिंह लामा, आन्तरिकमन्त्री गंगानारायण श्रेष्ठ र खानेपानी उर्जा, सिंचाईमन्त्री तिर्थबहादुर लामाको उपस्थिती रहेको छ।

यस्तै, मन्त्रालयका सचिवहरुको समेत उपस्थिती रहेको छ।

छलफलले बजेट कस्तो र कति बनाउने भन्ने निष्कर्ष निकाल्ने छलफलमा सहभागी एक मन्त्रीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .