पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्ने मुख्य आरोपितलाई पक्राउ गर्न माग गर्दै शनिबार बन्द गरिएको चितवन सडक खुलेको छ।
मुख्य आरोपित उद्योगी प्रदीप रुङ्गटालाई पक्रन माग गर्दै न्यायिक संघर्ष समितिले बन्द गराएको चितवन बन्दकर्ताको कोणसभापछि खुलेको चितवन जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार तामाङले बताए।
बिहान ७ बजेदेखि १० बजेसम्म पूर्णरुपमा नै सडक बन्द भएको थियो।
उनले नेपालखबरसँग भने, ‘त्यसपछि पनि लगभग दिनभर जसो नै अवरुद्ध त रह्यो, तर त्यति प्रभाव भने परेन। अहिले केहीबेर अघि शंकर न्यायिक संघर्ष समितिको कोणसभापछि पूर्ण रुपमा पूर्व–पश्चिम सडक सञ्चालनमा आएको छ।’

उनका अनुसार बन्द भएपनि कुनै पनि प्रकारको अप्रिय घटना घट्न भने पाएन। बन्दकर्ताहरुले ठाउँठाउँमा सवारी रोकेर सामान्य विरोध गरेको उनको भनाइ छ।
आत्माहत्या दुरुत्साहन घटनामा किटानी जाहेरीमा नाम उल्लेख भएका जीवन रावललाई प्रहरीले सिमराबाट पक्राउ गरिसकेको छ।
अनमोल फिड्सका लेखा प्रमुख रावलले रुङ्गटासँग मिलेर कँडेललाई मानसिक तनाव दिएको आरोप छ।
अनमोल फिड्सको ८५ प्रतिशत सेयर खरिद गरेका रुङ्गटा र रावलले तनाव दिएको कुरा कँडेलले सुसाइड नोटमा उल्लेख गरेको उनको परिवारले जनाएको छ।
Shares

प्रतिक्रिया