ad ad

राजनीति


जसपा अहिलेकै सरकारको पक्षमा छ, परिवर्तनको हल्ला गलत : उपेन्द्र यादव

जसपा अहिलेकै सरकारको पक्षमा छ, परिवर्तनको हल्ला गलत : उपेन्द्र यादव

नेपालखबर
बैशाख २३, २०८० शनिबार १६:३५, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन्। उनले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने जिकीर समेत गरे।

रफत सञ्चार क्लबले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले सुशासन, विकास र समृद्धिको मुख्य अभिभारालाई पूरा गर्दै लैजानुपर्ने आवश्यक्ता पनि औंल्याए।

उनले कम्फर्टेबल मेजरिटी भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि सरकारलाई फरक नपर्ने तर्क गरे। 

‘सुशासन र विकासको अभियान गतिका साथ अगाडि बढाउने। शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रहरुमा परिवर्तन गरी अगाडि बढाउने मुख्य अभिभारा सरकारको हो। त्यसका लागि सरकारको स्थिरता आवश्यक छ,’ उनले भने, ‘दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैले हित हुँदैन। र, दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु पनि गलत हो। गल्ती कहाँ छ? त्यहाँ सच्याएर अघि बढ्ने बेला हो। र, त्यसका लागि यो गठबन्धनमा हाम्रो पार्टीको धारणा के हो भने अगाडि बढनु पर्छ।’

अध्यक्ष यादवले सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको समेत बताए। राजनीतिक स्थिरताका साथ मुलुकलाई अघि बढाउन आफूहरुले वर्तमान सत्तारुढ गठबन्धन निर्माणमा योगदान गरेको उनको भनाई थियो। 

‘सरकार स्थिर भएर काम गर्नुपर्छ। र, जनतालाई डेलिभरी दिनुपर्छ। अब पहिलाको जस्तो भनेर मात्रै हुँदैन, गरेरै देखाउनु पर्छ। र, मुलुकलाई सम्भावित संकटबाट जोगाउने महत्वपूर्ण अभिभारा अहिलेको सरकारको रहेको छ,’ उनले भने, छत्यसैले हाम्रो राय पनि सरकारको स्थिरता,  राजनीतिक स्थिरता आवश्यक हो। र, यसलाई आवश्यक्ता ठानेरै जनता समाजवादी पार्टीले यो गठबन्धन निर्माणमा सरकारको भनेको सक्दा सरकार राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिदैमा सरकारलाई संख्यात्मक हिसावले खासै फरक पर्दैन। अहिले पनि कम्फर्टेबल मेजरिटीको सरकार छ। ५ दलीय गठबन्धनको सरकार हो। र, गठबन्धनसँग पर्याप्त मत छ। संख्या छ।’

अध्यक्ष यादवले मुलुकलाई संकटबाट जोगाउन वित्तीय नीतिमै परिवर्तन गरेर अघि बढन पनि सरकारलाई सुझाव दिए। थुप्रिएर रहेको पूँजी उत्पादनमूलक क्षेत्रमा परिचालन गरेर मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने उनको बुझाई थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .