ad ad

बागमती


बागमतीमा भागबन्डा मिलाउन कार्यदल गठन

बागमतीमा भागबन्डा मिलाउन कार्यदल गठन

नेपालखबर
चैत १५, २०७९ बुधबार १७:४०, हेटाैँडा

बागमती प्रदेशको मन्त्रिपरिषद विस्तारमा सकस देखिएपछि मन्त्रालय टुंगो लगाउन कार्यदल गठन भएको छ।

मन्त्रालय संख्या भन्दा बढी दाबी परेपछि मंगलबार गठबन्धनका दुई दलको सहमतिमा कार्यदल गठन गरिएको हो।

कार्यदलको संयोजकमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकार रहेका छन्। कार्यदलमै पनि भागबन्डा अनुसार सहभागिता छ।

७ सदस्यीय कार्यदलमा कांग्रेसका संयोजक सहित ३ जना, माओवादी केन्द्रबाट २, एकीकृत समाजवादीबाट १ र हाम्रो नेपाली पार्टीबाट १ जना रहेका छन्।

नेपाली कांग्रेस बागमती संसदीय दलका नेता बहादुर सिंह लामा र मुख्यमन्त्री शालिकराम जम्कट्टेलको बैठकपछि कार्यदल गठन गर्ने निर्णय भएको हो। कार्यदलले मन्त्रालय भागबण्डाको टुंगो लगाउने छ।

११ वटा मन्त्रालय रहेको बागमती सरकारमा नेपाली कांग्रेसले ६, नेकपा (एकीकृत समाजवादी) ले २ र हाम्रो नेपाली पार्टीले १ मन्त्रालयमा दाबी गरेका छन्।

२५ पुसमा नेकपा एमाले र राप्रपासहितको गठबन्धनबाट सरकार गठन हुँदा माओवादी केन्द्रले ४ वटा मन्त्रालय लिएको थियो।

माओवादीसँग रहेका ४ वटासहित सरकार बाहिर रहेका ३ दलले ९ वटा मन्त्रालयमा दाबी गरेपछि मुख्यमन्त्री जम्कट्टेललाई भागबन्डा मिलाउन सकस देखिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .