ad ad

कारोबार


नेपाल प्रहरीलाई राष्ट्रिय वाणिज्य बैंकले दियो ३० लाख

नेपाल प्रहरीलाई राष्ट्रिय वाणिज्य बैंकले दियो ३० लाख

नेपालखबर
चैत १५, २०७९ बुधबार १७:४३, काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरीलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। 

संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई सो रकमबराबरको चेक बुधबार हस्तान्तरण गरेका छन्। 

नेपाल प्रहरीले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरु शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, खेदकुद, प्रकोप व्यवस्थापन, ट्राफिक सचेतना, प्रहरी परिवारलाई उद्यमशीलता सम्बन्धी कार्यका लागि आर्थिक सहयोग गरिएको हो।
 

कार्यकममा प्रहरी नायब महानिरिक्षक पोषराज पोखरेल, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, प्रबन्धक जितेन्द्रसिंह थापा, शाखा कार्यालय नक्सालका प्रबन्धक माधब खतिवडा लगायत बरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २६५ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ्ग सेवा उपलब्ध छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .