ad ad

बागमती


काठमाडौँमा ड्रमको पानीमा डुबेर बालकको मृत्यु

काठमाडौँमा ड्रमको पानीमा डुबेर बालकको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
चैत ३, २०७९ शुक्रबार २०:५४, काठमाडौँ

काठमाडौँको तारकेश्वरमा घरनजिकै राखेको ड्रमको पानीमा डुबेर बालकको मृत्यु भएको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने विष्णु तामाङका १ वर्षीय छोरा आयुष तामाङको आफ्नै घरको शौचालयमा रहेको पानीको ड्रममा डुबेर आज दिउँसो मृत्यु भएको हो। 

डुबेर गम्भीर अवस्थामा फेला परेका उनको ग्रान्डी अस्पताल धापासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

यता काठमाडौँको टोखा नगरपालिका–९ घर भइ चन्द्रागिरी नगरपालिका १२ बलम्बु डेरा गरी बस्ने ५५ वर्षीय नवराज केसी आफ्नै कोठामा आज मृत भेटिएका छन्। 

प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिए। अहिले शवलाई पोस्टमार्टमका लागि अस्पतालमा पठाइएको जनाइएको छ। उनले बढी मदिरा खाने गरेको स्थानीयले बताएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .