मकवानपुरको भीमफेदी गाउँपालिकामा खोलामा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ।
बुधबार राति राप्ती खोलामा माछा मार्ने क्रममा भीमफेदी गाउँपालिका–१ बयलबासकी ४३ वर्षीया मुना लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।
अचानक छारे रोगले समातेपछि खोलामा लडी डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
फागुन २५, २०७९, बिहीबार
प्रतिक्रिया