ad ad

कारोबार


विश्व बैंक हाँक्न अमेरिकाले अघि सारेका बांगाविरुद्ध रुसले अर्को उम्मेदवार खडा गर्ने

विश्व बैंक हाँक्न अमेरिकाले अघि सारेका बांगाविरुद्ध रुसले अर्को उम्मेदवार खडा गर्ने

नेपालखबर
फागुन २५, २०७९ बिहिबार १४:२, काठमाडौँ

विश्व बैंकको रिक्त प्रमुख पदमा अमेरिकाले गरेको नियुक्तिको प्रस्तावलाई रुसले चुनौती दिने भएको छ । सीएनएनका अनुसार उसले विश्व बैंकका प्रस्तावित उम्मेदवारविरुद्ध उभिन आफ्ना समर्थक राष्ट्रसँग छलफल गरिरहेको जनाएको छ ।

मस्कोका विश्व बैंक एक प्रतिनिधि उच्च अधिकारीलाई उद्धृत गर्दै जनाइएअनुसार यसले सजिलै विश्व बैंकको प्रमुख चुनिने सम्भावना जटिल हुने देखिएको छ । रुस विश्व बैंकको मतदाता सदस्य हो । यद्यपि विश्व बैंकले रुस र बेलारुसमा मार्चको अन्तिमदेखि आफ्ना सबै कार्यक्रम रद्द गरेको छ । उसले युक्रेनी जनतालाई युद्धमा होमेको आरोप लगाउँदै सबै कार्यक्रम रद्द गरेको हो ।

विश्व बैंकमा रुस र सिरियाका प्रतिनिधि कार्यकारी निर्देशक रोमन मार्शविन रहेका छन् । उनले सम्भावित नियुक्तिका लागि उपयुक्त उम्मेदवारको खोजी भइरहेको रोयटर्सलाई बताएका छन् । यद्यपि कुनै विस्तृत जानकारी उनले दिएका छैनन् । यसको निर्णय रुसी राजधानी मस्कोमा नै हुनेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिना मास्टरकार्डका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय बांगालाई नियुक्ति गर्ने प्रस्ताव गरिसकेका छन् । उनले नै हालका डेभिड माल्पासको थान लिने अनुमानका बीच रुसले त्यसविरुद्ध अन्य व्यक्ति अघि सार्नलागेको हो ।

रुसी समाचार संस्था तासले पनि रुसी उम्मेदवारीबारे बताइसकेको छ । यता अमेरिकाले प्रस्ताव गरेका बांगाले आफूले यसअघि नै भारत, घाना र केन्याबाट समर्थन पाइसकेको बताएका छन् ।

उनले फ्रान्स र जर्मनीबाट पनि समर्थनको प्रतिबद्धता पाएको दाबी गरेका छन् । मंगलबार मात्रै बंगलादेशले उनलाई समर्थन गर्ने जनाइसकेको छ । मार्च २९ सम्म उक्त पदका लागि उम्मेदवारी मनोनयन लिइनेछ । दोस्रो विश्वयुद्धको समाप्तिपछि स्थापना भएको विश्व बैंकमा बहुमत सेयर अमेरिकाको छ भने उसले नै यसअघि नेतृत्व लिँदै आएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .