ad ad

बागमती


प्रदेश मन्त्रीले गरे कारागार अनुगमन

प्रदेश मन्त्रीले गरे कारागार अनुगमन

नेपालखबर
फागुन १६, २०७९ मंगलबार २१:२३, काठमाडौँ

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले मकवानपुरको भीमफेदी कारागार अनुगमन गरेका छन्।

मंगलबार कारागार अनुगमनका कारागार भित्र रहेका समस्या समाधान गर्न उनले प्रदेश सरकार र आफ्नो मन्त्रालय मार्फत गर्नुपर्ने सहयोग पूर्णरुपमा गर्ने प्रतिवद्धता व्यक्त गरे।

मन्त्री श्रेष्ठले बन्दीहरुलाई ओसारपसार गर्न सवारी साधन, स्वास्थ्य उपचार तथा शौचालयको उचित प्रवन्ध गर्ने बताए।

उनले कैदीबन्दीलाई आयआर्जनमा लाग्न उत्प्रेरित गर्नेगरि सीपमूलक तालिम दिनुका साथै उनीहरुले उत्पादन गरेका वस्तुको बजारीकरणको जिम्मा प्रदेश सरकारले लिने बताए।

यसैगरी मन्त्री श्रेष्ठले कारागार सुरक्षार्थ खटिएका करिब ६० जना सुरक्षाकर्मीहरुको लागि आवासको उचित व्यवस्थापनको लागि समेत प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने बताए।

११५० जनाको क्षमता रहेको भिमफेदी कारागारमा ९ सय ८० पुरुष, २० महिला र १ आश्रित गरि कुल १ हजार १ जना कैदीबन्दी र एकजना आश्रित नाबालक रहेको कारागारका निमित्त प्रमुख मदन लामा थिङले जानकारी दिए। जसमध्ये ६२ जना विदेशी नागरिक रहेका छन्।

थिङले मन्त्री श्रेष्ठलाई कारागारको वस्तुस्थितिको बारेमा जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .