ad ad

कारोबार


लाइफबोइ ‘द भ्वाइस किड्स नेपाल’ दोस्रो सिजनको लागि हाइजिन पाटर्नर

लाइफबोइ ‘द भ्वाइस किड्स नेपाल’ दोस्रो सिजनको लागि हाइजिन पाटर्नर

नेपालखबर
फागुन १६, २०७९ मंगलबार २१:३७, काठमाडौँ

लाइफबोइले लोकप्रिय सांगीतिक कार्यक्रम ‘द भ्वाइस किड्स नेपाल’ को दोस्रो सिजनसँग आफ्नो सहकार्यको घोषणा गरेको छ।

जसलाई शोको हाइजीन पार्टनरको रूपमा सहभागी सबै प्रतियोगी, निर्णायक र क्रु मेम्बरहरूको स्वास्थ्य सुरक्षा र स–कुशलतालाई प्रोत्साहन गर्ने जिम्मेवारी दिइएको छ।

यसै क्रममा लाइफबोइले यस कार्यक्रमका दर्शकहरुलाई जीवनमा स्वच्छ र स्वस्थ्य बानी बारे सचेत गराउँदै यसको महत्वलाई स्थापित गर्ने लक्ष्य राखेको छ।

द भ्वाइस किड्स नेपाल विश्वव्यापी गायन रियालिटी शो द भ्वाइस किड्सको नेपाली संस्करण हो। यस कार्यक्रमको पुनरावृत्तिका जजहरू मिलन नेवार, प्रविशा अधिकारी, सुशान्त केसी र प्रमोद खरेल रहेका छन्।

कार्यक्रमको पहिलो एपिसोड १० मार्च २०२३ (फागुन २६, २०७९) मा प्रसारण गर्नेगरी योजना बनाइएको छ। साथै यो कार्यक्रम हप्ताको दुई दिन प्रत्येक शुक्रबार र शनिबार हिमालय टीभीमा रातीको ८ बजे प्रसारण हुनेछ।

लाइफबोइ एक विश्वव्यापी प्रसिद्ध साबुन ब्रान्ड हो, जुन मानिसहरूले सरसफाई, स्वास्थ्य र हात धुनका लागि प्रयोग गर्दै आएका छन्। लाइफबोइको शुरु सन् १८९४ मा भएको थियो।

उक्त समय विलियम लिभरले एक उत्पादन सिर्जना गरेर यसको शुरुवात गरेका थिए। जसले किफायती रूपमा हाइजिनिक आवश्यकताको पूर्ति गर्न मद्दत गर्यो। 

यसको हाइजिन प्रवद्र्धन गर्ने र रोग फैलिनबाट रोक्ने प्रतिवद्धता आजसम्म विश्वमा प्रचलित छ। लाइफबोइ अहिले संसारको सबैभन्दा लोकप्रिय साबुन ब्रान्ड हो, जसले मानिसहरूलाई सरसफाइमा उत्प्रेरित र शिक्षित गर्नुका साथै साबुनले हात धुने फाइदाहरू प्रवद्र्धन गर्ने उद्देश्य राख्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .