ad ad

बागमती


हेटौंडा-काठमाडौं जोड्ने छोटो बाटो दुई महिनाको लागि बन्द

हेटौंडा-काठमाडौं जोड्ने छोटो बाटो दुई महिनाको लागि बन्द

नेपालखबर
फागुन १, २०७९ सोमबार ११:५०, हेटाैंडा

बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो नाकाको बाटो आजबाट २ महिनाको लागि बन्द भएको छ।  

काठमाडौं प्रवेश गर्ने छोटो नाकाको रुपमा रहेको सो सडक मर्मतको लागि करिब २ महिना सडक बन्द गर्नुपर्ने भएको हो।

हेटौंडाबाट भिमफेदी-कुलेखानी-फाखेल-हुमाने-फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक र हेटौँडाबाट भिमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक निर्माण थालिएकाले आजदेखि दुई महिनासम्मका लागि दुवै बाटो बन्द गरिएको हो ।

हेटौँडाबाट काठमाडौं जाँदा कुलेखानी-चित्लाङ सडक तथा फर्कंदा कान्तिलोकपथ सडक प्रयोग गर्न प्रदेशको भैतिक पूर्वार विकास मन्त्रालयले आग्रह गरेको छ।

गत २४ गते मंगलबार हेटौंडामा मुख्यमन्त्री शालिकराम जम्मकट्टेको नेतृत्वमा भएको सर्वपक्षीय छलफलले सो सडक मर्मतको लागि बन्द गर्ने निर्णय गरेको थियो।

यो सडक हेटौंडा–काठमाण्डौं जोड्ने मात्रै नभएर अन्य प्रदेशका मानिसहरु ओहोर दोहोर गर्ने प्रमुख मार्ग पनि हो।

लामो समयसम्म ठेक्का पूरा नगरेको भन्दै २ महिना भित्र निर्माण पूरा गर्नको लागि ठेकेदार कम्पनीलाई समय दिएर बाटो बन्द गरिएको बताइएको छ।

उदी दुई महिनासम्म पनि काम नसकाए ठेक्का तोड्ने मुख्यमन्त्री जम्मकट्टेलले चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .