ad ad

बागमती


प्रदेश खारेज गर्न बागमती प्रदेश सांसद लामाको माग

प्रदेश खारेज गर्न बागमती प्रदेश सांसद लामाको माग

नेपालखबर
माघ २२, २०७९ आइतबार १६:२२, हेटाैँडा

बागमती प्रदेश सभा सदस्य आशा लामाले प्रदेश खारेजीको माग गरेकी छिन्।

आइतबार बागमती प्रदेश सभाको शून्य समयमा आफ्नो भनाई प्रस्तुत गर्दै सांसद लामाले तीन तहको सरकारले राज्यको व्ययभार बढाएको भन्दै प्रदेश खारेजीको माग गरेकी हुन्। 

देशमा तीन तहको सरकारले गर्दा देशले आर्थिक भार खप्न नसकेको बताउँदै उनले भनिन्, ‘संघीय सरकार र स्थानीय सरकारलाई बलियो बनाउन पर्यो। तीन तहको संरचनाले गर्दा जनतालाई करको मार परिेको, संघीयताको कारणले गर्दा अर्थ व्यवस्था खोक्रो भएको चालू पुँजी पनि धान्न मुस्किल भैरहेको भन्ने र देशमा संकटकाल घोषणा हुन मात्रै बाँकी रहेको अर्थतन्त्रविद्हरुले बताउँदै आएको छन्।’ 

यसका लागि के हामीले संघीयताको अर्को अभ्यास गरिरहेका छौं? भन्दै सांसदले सभामुख समक्ष प्रश्न समेत गरिन्। 

प्रदेश खारेजीको मुद्दा लिएर निर्वाचित भएका राप्रपा सांसदहरुले राप्रपा नै सरकारमा रहँदा पनि प्रदेश खारेजीको आवाज उच्च बनाइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .