ad ad

राजनीति


१ महिना १० दिनपछि रास्वपाले छाड्यो सरकार

१ महिना १० दिनपछि रास्वपाले छाड्यो सरकार

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ २२, २०७९ आइतबार १६:३२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो।

गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको रास्वपा आजबाट सरकारमा सहभागी नहुने बताएको हो। यद्यपि प्रधानमन्त्री प्रचण्डलाई लिएको समर्थन भने कायम राख्ने निर्णय रास्वपाले निर्णय गरेको छ। 

११ पुसमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको रुपमा सभापति रवि लामिछानेलाई नियुक्त गरेका थिए। त्यसको १ महिना १० दिनपछि आजबाट औपचारिक रुपमा सरकार छाडेको हो।

गत ७ असारमा घोषणा भएको यो पार्टीबाट श्रम तथा रोजगार मन्त्रीमा डोल प्रसाद अर्याल र शिक्षा मन्त्रीमा शिशिर खनाल छन्। त्यस्तै, तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .