ad ad

बागमती


भैँसेपाटीमा आगलागी हुँदा महिलाको मृत्यु

भैँसेपाटीमा आगलागी हुँदा महिलाको मृत्यु

फाइल फाेटाे


नेपालखबर
माघ ७, २०७९ शनिबार १८:३८, काठमाडौँ

ललितपुर महानगरपालिका–२५ भैँसेपाटीमा आज आगो लागेर एक जनाको मृत्यु भएको छ। यहाँको फूलबारीमार्गस्थित एक टहरामा बिहान आगलागी हुँदा सोही टहरामा बस्ने धनकुटा घर भएकी ३९ वर्षीया नम्रता राईको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

आगलागीबाट टहरा जलेर पूर्णरूपमा क्षति भएको छ। घटनाको विषमया अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए। 

यसैबीच प्रहरीले ललितपुरकै महाँकाल गाउँपालिका–१ टुङ्गुनस्थित विमिरे जङ्गलबाट भरुवा बन्दुक बरामद गरेको छ। उक्त जङ्गलमा बन्दुक पड्केको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टुङ्गुनबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारेको हो। उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .