ad ad

बागमती


२ सिट जितेको हाम्रो नेपाली पार्टीद्वारा बागमतीमा एक मन्त्रालय दावी

२ सिट जितेको हाम्रो नेपाली पार्टीद्वारा बागमतीमा एक मन्त्रालय दावी

हानेपा बागमती संसदीय दलका नेता शैलेन्द्रमान बज्रचार्य


नेपालखबर
माघ ४, २०७९ बुधबार १६:५, हेटाैँडा

पहिलो पटक संसदीय यात्रामा पाइला राखेको हाम्रो नेपाली पार्टी (हानेपा) ले बागमतीको एक मन्त्रालयमा दाबी गरेको छ।

सरकार निर्माणको सुरुवात देखि नै सरकारको समर्थनमा जुटेको हानेपा मन्त्रिपरिषद्को बाँडफाँटमा एक मन्त्रालय आफूले पाउनुपर्ने पक्षमा उभिएको हो। 

बागमती प्रदेश सभामा ७ राजनीतिक दलको उपस्थिती रहेको छ। जसमध्ये सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ सिट छ भने सबैभन्दा थोरै हाम्रो नेपाली पार्टीको २ सिट छ। केन्द्रमा गठबन्धनमा नमिसिएको हानेपा बागमतीमा भने सुरुवात देखि नै गठबन्धनमा छ।

‘सरकारमा मिसिएकै कारण हाम्रो पनि एक मन्त्रालयमा दाबी छ,’ हानेपा बागमती संसदीय दलका नेता शैलेन्द्रमान बज्रचार्यले नेपालखबरसँग भने।’ कुन मन्त्रालयमा दावी भन्ने कुरा खरलाउन नचाहेका उनले एक मनत्रालय पाउनेमा कुनै दुईमत नभएको समेत बताए। 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको लागि बाटो फुकुवा भएको छ।

बागमतीमा एमालेको २७, कांग्रेसको ३७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हानेपाको २ सिट रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .