ad ad

बागमती


बागमती प्रदेश सभा सभामुखको निर्वाचन २९ गते, यस्तो छ कार्यतालिका

बागमती प्रदेश सभा सभामुखको निर्वाचन २९ गते, यस्तो छ कार्यतालिका

नेपालखबर
पुस २०, २०७९ बुधबार १६:३३, हेटाैँडा

बागमती प्रदेश सभा सचिवालयले प्रदेश सभाका सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

सोमबार बसेको प्रदेश सभाको पहिलो बैठकले सभामुखको निर्वाचनका लागि आगामी पुस २९ गते मिति निर्धारण गरेको थियो। सोही अनुसारको निर्वाचन तालिका सार्वजनिक गरिएको हो। 

नेपालको संविधानको धारा १८२ को उपधारा (१) बमोजिम प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख निर्वाचन गर्नुपर्ने प्रावधान छ।

पुस १८ गतेको प्रदेश सभा बैठकले सभामुखको निर्वाचनको प्रक्रिया अघि बढाउन र निर्वाचनका कार्यक्रम सार्वजनिक गर्न सचिव खड्कालाई जिम्मेवारी दिएको छ। 

‘प्रदेश सभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम ७ को प्रयोजनका लागि निर्वाचन कार्यक्रमको सार्वजनिक गरिएको हो,’ खड्काले नेपालखबरसँग भने।’

उनका अनुसार पुस २८ गते बिहीबारका लागि मनोनय दर्ता गरिने र सोही दिन बागमती प्रदेश सभा १०ः३० देखि २ः०० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिने छ।

सोही दिन दिउँसो २ः३० देखि ३ः३० बजेसम्मका लागि मनोनयन फिर्ता र दिउँसो ४ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। यसैगरी पुस २९ गते शुक्रबार बिहान ११ः०० बजेका लागि बागमती प्रदेश सभा हलमा निर्वाचनको कार्यक्रम तय गरिएको सचिव खड्काले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .