ad ad

खेल


क्यान अध्यक्ष चन्द भन्छन्– आर्थिक कारणले नेपाल टी२० लिग रोकिँदैन

‘सट्टेबाजीमा क्यानको कुनै संलग्नता छ भने भन्नुहोस्, हामी सचेत छौँ’
क्यान अध्यक्ष चन्द भन्छन्– आर्थिक कारणले नेपाल टी२० लिग रोकिँदैन

फाइल तस्बिर


नेपालखबर
पुस २०, २०७९ बुधबार १६:३६, काठमाडौँ

नेपाल टी २० लिगमा खेलाडीको पारिश्रमिक र सट्टेबाजीको विवाद चर्किएपछि नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले आर्थिक कारण लिग नरोकिने बताएका छन्। 

बुधबार नेपालखबरसँग कुराकानी गर्दै अध्यक्ष चन्दले खेलाडीले पैसा नपाएको कारण नै लिग बीचमा नै नरोकिने बताएका हुन्। 

अध्यक्ष चन्दले भने, ‘नेपाल क्रिकेट संघको आयोजनामा लिग भइरहेको छ। कर्मसियल पार्टनर सेभेन थ्री स्पोर्टस् हो, यसले दिनुपर्ने केही छैन। सेभेन थ्री स्पोर्टस्ले क्यानलाई दिनुपर्ने अन्तिम किस्ताको कर कटाएर दिनुपर्ने रकम मात्र हो। सेभेन थ्री स्पोर्टस्ले दिनुपर्नेभन्दा पाँच गुणा बढी सम्पत्ति हामीसँग छ।’ 

पूर्वसम्झौताअनुसार पाउनुपर्ने पारिश्रमिक नपाएपछि खेलाडीले खेल नखेल्ने निर्णय गरेसँगै मंगलबारको खेल निर्धारित समयभन्दा दुई घण्टा ढिला सुरु भएको थियो। 

चन्दले भने, ‘खेलाडीलाई पारिश्रमिक दिनुपर्ने भनेको फ्रेन्चाइज टोलीले हो। हामीले उहाँहरुसँग कुरा गरिसकेका छौँ। खेलाडी भनेको हाम्रो सदस्य हुन्। फ्रेन्चााइजलाई पैसा दिलाउन क्यान लागिपर्छ। हामी दिलाउँछौँ, खेलाडीको पैसा ढिलो भए पनि दिलाउँछौँ, यसमा क्यान जिम्मेवार छ त्यसैले यसमा समस्या छैन।’ 

प्रतियोगिता १० दिन बाँकी हुँदा नै खेल्दिन भन्न नहुने बताउँदै उनले यो सही उद्देश्यका साथ गरिएको लिग भएको बताए। 

‘हामीसँग १८ जना खेलाडीले नियमित पारिश्रमिक पाउँछन्। बाँकी ५० जना खेलाडीले पनि कम्तीमा ५ लाख रुपैयाँ पाउँछन्। त्यसैले हाम्रो उद्देश्य खराब छैन’, उनले भने, ‘कमर्सियल पार्टनरका सम्बन्धित व्यक्ति भारत जानुभएको रहेछ त्यसैले हाम्रो सम्पर्कभन्दा बाहिर हुनुभयो। नेपालमा जसरी पैसा उठ्छ भनेर सोचेको थियो, त्यसरी नउठेपछि उहाँ भारत जानुभएछ।’ 

त्यही विषयलाई लिएर भारतीय टोली भाग्यो भन्ने हल्ल चलेको आफूले थाहा पाएको बताउँदै उनले उनीहरु क्यानको सम्पर्कमा नै रहेको उल्लेख गरे। 

लिगमा सट्टेबाजीको चर्चा चलिरहँदा अध्यक्ष चन्दले नेपाल टी २० लिगको परिधिभित्र कुनै गम्भीर घटना नभएको दाबी गरेका छन्। अन्दाजको भरमा केही जिम्मेवार मिडियाहरुले नै लेखेको बताउँदै उनले थपे, ‘तपाईंहरुसँग कुनै प्रमाण भए क्यानलाई भन्न सक्नुहुन्छ।’ 

चन्दले थपे, ‘सट्टेबाजीमा क्यानको कुनै संलग्नता छ भने भन्नुहोस्। हामी यो बारेमा सचेत छौ। केन्दीय अनुसन्धान विभाग (सीआइबी)ले छानबिन गर भनेको कुरालाई सामान्य रुपमा लिनुपर्छ। सीआइबीहरु खेलस्थल, होटलमा कति छन् भन्ने कुरा हामीलाई थाहा छ। हामीले लिग सुरु हुनुअघि नै सीआईबीसँग पटक–पटक छलफल गरेका छौँ।’ 

क्रिकेटका जिम्मेवार व्यक्तिले सामाजिक सञ्जालमा लेख्नुभन्दा क्यानलाई भन्नपर्ने उनको भनाइ छ। 

‘१५ दिनपछि फिक्सिङ हुन्छ भनेर कसरी थाहा हुन्छ’, चन्दले भने, ‘अहिले नेपाली खेलाडीहरुले राम्रो खेल प्रस्तुत गरिरहेका छन्। खेल हुँदा कमी कमजोरीलाई औल्याउनु र कमजोरी कम गर्न लाग्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .