ad ad

बागमती


दक्षिणकालीमा मिनीट्रक पल्टिँदा २ पुरुष गम्भीर घाइते, पहिचान खुलेन

बोल्न नसक्ने अवस्थामा उपचार जारी
दक्षिणकालीमा मिनीट्रक पल्टिँदा २ पुरुष गम्भीर घाइते, पहिचान खुलेन

नेपालखबर
भदौ १८, २०७९ शनिबार ७:०, काठमाडौँ

काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ८, छैमलको शीतलचोकमा शुक्रबार राति मिनीट्रक दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्। 

प्रहरीका अनुसार शुक्रबार राति साढे ८ बजेतिर फर्पिङबाट सिस्नेरीतर्फ जाँदै गरेको बा.प्र.–०१–००४ क ०६३२ नम्बरको मिनीट्रक आफैं अनियन्त्रित भई सडकबाट खसेको हो। 

उक्त ट्रकमा सवार २ जना  पुरुष गम्भीर चोटपटक लागेको अवस्थामा अचेत फेला परेको  प्रहरीलाई जनाएको छ। 

दुर्घटनामा घाइते उनीहरूलाई प्रहरी र स्थानीयले उद्धार गरी मनमोहन अस्पताल (फर्पिङ) पुर्याएका छन्। उनीहरू बोल्न सक्ने अवस्था छैनन्।उपचार जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटना भएको सवारीसाधन घटनास्थलमै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .