ad ad

बागमती


नख्खु कारागारबाट कैदी भागेको घटना छानबिन गर्न समिति गठन

नख्खु कारागारबाट कैदी भागेको घटना छानबिन गर्न समिति गठन

फाइल तस्बिर


नेपालखबर
भदौ ९, २०७९ बिहिबार ७:३६, काठमाडौँ

नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (महाराजगन्ज) मा उपचारका लागि लगिएका कैदी फरार भएको घटना अध्ययन गर्न छानबिन समिति गठन गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले बुधबार उपचारका क्रममा अस्पताल लगेको रामेछापको पिल्पुङग गाउँपालिका–२ का ३१ वर्षीय भोला बुढाथोकी फरार भएका हुन्। 

उक्त घटना अध्ययन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो। फरार बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपुरको कारागारमा थिए। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले कैदीबन्दी फरार रहेको भन्दै अनाश्रित गुल्म नख्खुका कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाई कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ। घटनाबारे आवश्यक छानबिन भइरहेको सो कार्यालयले जनाएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .