काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नर्भिक अस्पतालले नक्सापास बिना बनाएका संरचना हटाउनका लागि अल्टिमेटम दिएका छन्।
सोमबार २४ घन्टा भित्र संरचना हटाउन महानगरले निर्देशन दिएको थियो। सोही अनुसार मेयर बालेन्द्र आफैं नर्भिक पुगेका थिए।
‘१० दिन, १५ दिन एक महिना कति लाग्छ समय दिनपर्यो,’ नर्भिकमा बालेन्द्रले भने, ‘अक्सिजन प्लान्ट झिक्दा प्यासेन्ट लाई गाह्रो हुन्छ भन्ने कुरा अस्पतालबाट भयो।’
सबैलाई एउटै कानुन हुनपर्ने भन्दै बालेन्द्रले अस्पताल प्रशासनका प्रमुखलाई संरचनाबारे चासो राखेका थिए।
सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले नेपाल सरकारको नाममा दर्ता रहेको जग्गा हस्पिटलले भाडामा लिई क्यान्टिन भवनलगायत सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको पाइएकाले हटाउन लागेको जानकारी दिएका छन्।
मेयर बालेन्द्र पुगेसँगै अस्पतालका कर्मचारीहरुले उनलाई नभत्काउन आग्रह गरेका थिए।
Shares
प्रतिक्रिया