ad ad

बागमती


वर्षासँगै खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

वर्षासँगै खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

नेपालखबर
साउन १७, २०७९ मंगलबार १२:४४, मुग्लिन

अविरल वर्षासँगै  खसेको  पहिरोले  पृथ्वी राजमार्ग अवरुद्ध भएको  छ।

प्रहरीकाअनुसार बिहान ८.५० बजे पृथ्वी राजमार्गअन्तर्गत  चितवनको इच्छाकामना–३ स्थित कुरिनघाट नजिकै  माथिबाट पहिरो झरेर   सडक दुईतर्फी अवरुद्ध भएको हो।

मुग्लिन स्थित इलाका प्रहरी कार्यालयबाट उक्त स्थानमा खटिएको प्रहरीले सडक विभागसँग समन्वय गरी लोडरको सहायताले सडक खुलाउन  पहल गरिरहेको  चितवन जिल्ला  प्रहरी कार्यालयका  प्रवक्ता  तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .